काठमाडौं। नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले विकासका योजनाहरू समयमै सम्पन्न नहुनुको कारण खोज्नुपर्ने बताएका छन्। सांसद भण्डारीले बिहीबार बसेको पूर्वाधार विकास समितिको बैठकमा विकास योजनाहरुमा देखिएका समस्या खोज्नुपर्ने बताएका हुन्।
उनले विकास योजना समयमा नसकिनुमा सरकारले ठोस नीति र कार्यक्रम बनाउन नसक्नु पनि एउटा कारण भएको बताए। उनले अहिलेका राष्ट्रिय गौरवका आयोजनाहरू समयमा नै सम्पन्न हुन नसक्नुमा वन क्षेत्र लगायतका समस्या रहेको भएपनि कतिपय योजनाहरू निर्माण कम्पनीहरूको बदमासीका कारण सम्पन्न नभएको आरोप समेत लगाएका छन्।
सांसद भण्डारीले पूर्वाधार विकासका दृष्टिकोणले सडक सबैभन्दा महत्त्वपूर्ण आवश्यकता भएको बताए।