काठमाडौं। निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न स्थानका वनमा लागेको आगो निभाउन सहयोग गर्ने भएको छ। वनमा लागेको आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग गर्ने कम्पनीले प्रतिबद्धता जनाएको हो।
सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले डढेलो नियन्त्रणका लागि कम्पनीको हेलिकप्टर प्रयोग गर्न सकिने बताएका छन्।
आफ्नो कम्पनीका हेलिकप्टरमार्फत ‘बम्बी बकेट’ प्रणालीअनुसार जङ्गलमा लागेको आगो निभाउन सकिने बताउँदै उनले पाथिभरा, लुक्ला, तनहुँ, काठमाडौँको शिवपुरी, बालाजु औद्योगिक क्षेत्रलगायत स्थानमा आगलागी हुँदा सोही प्रणालीबाट आगो निभाइएको जानकारी समेत गराए।