काठमाडौं। काठमाडौंको वायु गुणस्तर सूचकांक २०२ पुगेको छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार शनिबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक २०२ पुगेको हो।
शनिबार काठमाडौं विश्वको प्रदूषित शहरको सूचीमा दोस्रो नम्बरमा सूचीकृत छ। पानी नपरुञ्जेल र हावाको मात्रा नबढुञ्जेलसम्म प्रदूषण हट्ने सम्भावना नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार भने पश्चिमी वायुको प्रभावले उपत्यकामा वर्षाको सम्भावना रहेकाले प्रदूषण केही मात्रा हट्ने समेत महाशाखाले जनाएको छ।
केही दिनको उच्च तापक्रम भने अहिले घट्दो क्रममा छ।