काठमाडौं। नेपाल सरकारले विश्व बैंकबाट १३ अर्ब ऋण लिने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट १३ अर्ब ३३ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो।।
विश्व बैंकबाट उपलब्ध हुने १ सय मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।