काठमाडौं। देशका केही भूभागमा आइतबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मुख्यतया मौसम सफा छ।
महाशाखाका अनुसार कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने जनाएको छ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
कोशी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराई भागमा हावाहुरीको सम्भावना छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।