काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेड र काठमाडौँ विश्वविद्यालय (केयू) बीच सम्झौता भएको छ। हरित हाइड्रोजन विकासमा अध्ययन अनुसन्धान गर्ने उद्देश्यले मुक्तिनाथ विकास बैंक र केयू बीच सम्झौता भएको हो।
सम्झौतामा केयूका ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा.विराजसिंह थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार केयूको अध्ययन अनुसन्धानका लागि बैंकले सहयोग उपलब्ध गराउने छ। केयूको ल्याबले ग्रिन हाइड्रोजन फर थर्मल हिटका लागि सहयोग लिई अनुसन्धान गर्ने छ।