काठमाडौं। तेन्जिङ हिलारी विमानस्थल लुक्लामा लगेज स्क्यानिङ मेसिन जडान गरिएको छ।
यसअघि हातले लगेज चेक हुँदै आएको यस विमानस्थलमा मेसिन जडान गरिएको हो।
अब मेसिनमार्फत लगेज जाँच हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यसले उडान सुरक्षासँगै यात्रुको चेकइन प्रक्रियालाई समेत सहज बनाउने छ।