काठमाडौं। थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सञ्चालकमा राकेश जोशी निर्वाचित भएका छन।
कम्पनीको बैशाख २३ अर्थात आइतबार सम्पन्न वार्षिक साधारण सभाबाट जोशी सञ्चालकमा चयन भएका हुन।
सभा आइतवार जर्मन होम्स गठ्ठाघर भक्तपुरमा सम्पन्न भएको हो । सभाले प्रस्तावित सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ।