काठमाडौं। ठुला करदाता कार्यालयले उदयपुर सिमेन्टसहित २५ करदाताको नाममा सूचना जारी गरेको छ। कर दाखिला गर्न विभिन्न मितिमा अनुरोध गरिएपनि दाखिला नभएको भन्दै करदाता कार्यालयले सोमबार सूचना जारी गरेको हो।
करदाताले पूरा कर दाखिला नगरेको र केहीले भने दाखिला नै नगरेको देखिएको कार्यालयले जनाएकाे छ।
सूचनामा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो नाममा कायम रहेको बक्यौता कर रकम दाखिला गर्न र दाखिला गरिसकेको भए सोको प्रमाण पेश गर्न अनुरोध गरिएको छ।
तोकिएको अवधिभित्र कर दाखिला नगरेमा आयकर ऐनअनुसार कारबाही गर्ने चेतावनी समेत दिइएको छ।
सूचना:
