रुपन्देही। भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाल रंगेहात पक्राउ परेका छन्। उनि सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान बुटवल कार्यालयको टोलीले घुस रकमसहित उनलाई पक्राउ गरेको हो ।
खनाललाई ३० हजार नगद घुससहित सोमबार पक्राउ गरेको अख्तियारले जनाएको छ । नायब सुब्बा जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट नगद घुस लिँदैगर्दा पक्राउ परेका हुन्।