काठमाडौं। बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमाससम्म १० लाख बढी नाफा कमाएको छ।
कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै तेस्रो त्रैमाससम्ममा १० लाख २० हजार रूपैयाँ नाफा कमाएको जानकारी दिएको हो।
अघिल्लो आवमा भने कम्पनीलाई ३४ लाख १६ हजार रूपैयाँ नोक्सान भएको थियो ।
कम्पनीको विद्युत् बिक्री आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । गत वर्ष कम्पनीले विद्युत् बिक्रीबाट १२ करोड ५५ लाख आम्दानी गरेको यस वर्ष त्यसमा २४ लाख बढेको छ । चुक्ता पूँजी ४० करोड रहेको कम्पनीको रिटेन्ड अर्निङ भने ४ करोड ८२ लाख ऋणात्मक रहेको छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ ९१.२७ रहको छ भने नाफा भएसँगै प्रतिसेयर आम्दानी ३४ पैसा पुगेको छ ।