काठमाडौं। नेपालमा राइड सेयरिङ एप इन्ड्राइभको औपचारिक सेवा सुरु भएको छ।
इन्ड्राइभले सञ्चालनमा आएको करिब ३ बर्षपछि सोमबारबाट कम्पनी दर्ता गरेर औपचारिक रूपमा नेपालमा सेवा सुरु गरेको हो।
कम्पनीले औपचारिक सेवा दिन थालेसँगै चालकबाट कमिसन लिन थालेको छ। यसअघि चालकबाट कमिसन नलिने कम्पनीले आजदेखि १० प्रतिशत कमिसन लिने इन्ड्राइभ नेपालकी निर्देशक रिता पोखरेलले जानकारी दिइन्।
इन्ड्राइभले काठमाडौँका साथै पोखरा र धरानमा सेवा सुरु गरेको छ । छिट्टै अन्य सहरमा सेवा सुरु गर्नुका साथै कुरियर र कार्गो सेवा पनि थाल्ने कम्पनीले जनाएको छ ।