काठमाडौं। निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) युवा तथा खेलकुद मन्त्रालय समक्ष प्रस्तुत गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सोमबार रंगशालाको डिपीआर मन्त्रालयमा प्रस्तुत गरेको हो।
पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई बुझाएको डिपीआर मन्त्रालयमा प्रस्तुत गरिएको हो।
उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रंगशाला निर्माणको कार्यमा चासो दिँदै सदस्य–सचिव घिसिङलाई वर्तमान संसद्कै कार्यकालमा काम सम्पन्न गर्ने गरी अगाडि बढ्न निर्देशन दिए।
सदस्य–सचिव घिसिङले सो निर्देशनको तत्काल कार्यन्वयन गर्ने क्रममा पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीलाई डिपीआर तयार गर्ने जिम्मेवारी दिए।