काठमाडौं। काठमाडौं महानगरपालिकाले खुलामञ्च सम्याउने काम थालेको छ। खेल मैदान र खुला स्थान दुवै हुने गरी महानगरले खुलामञ्च सम्याउन लेभलिङ र ग्रेडिङको काम सुरु गरेको हो ।
खुलामञ्चको जमिन सतह बराबर गर्न पूर्वाधार कम्पनीसँग सम्झौता समेत गरिसकेको छ। महानगर स्रोतका अनुसार करिब ११ लाखमा सम्झौता भएको छ ।
सम्झौताअनुसार कम्पनीले सोमबारदेखि काम सुरु गरेको महानगरले जनाएको छ।