काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका–६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारलाई राहत सामग्री सहयोग गरेको छ ।
आगलागीबाट लत्ता कपडा नष्ट भएका कारण प्रभावित परिवारले अत्यन्तै कष्टकर जीवन बाँच्नुपरेको अवस्थामा कम्पनीले प्रदान गरेको सहयोगले जीवनयापन सहज हुने आशा गरिएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलाप गर्दै आएको बताए । प्रभावित परिवारलाई आगामी दिनमा सहयोग चाहिएको अवस्थामा कम्पनी सहयोग गर्न तयार रहेको बताए ।