काठमाडौं। विद्युत् नियमन आयोगको अध्यक्ष र ३ जना सदस्य पदमा नियुक्तिका लागि योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरिएको छ।
बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले यी पदमा योग्य उम्मेदवारबाट दरखास्त आह्वान गर्दै सूचना जारी गरेको हो।
५ सदस्यीय आयोगमा एक जना अध्यक्ष, एक जना महिला सदस्य र बाँकी ३ जना सदस्य रहने व्यवस्था छ । आयोगका अध्यक्ष डिल्लीबहादुर सिंह र महिला सदस्य भागिरथी ज्ञवालीको पदावधि २२ वैशाखदेखि सकिएपछि अध्यक्ष र ३ जना सदस्यको पद रिक्त छ । आयोगमा हाल पदावधि बाँकी भएका एक जना सदस्य गौतम डंगोल मात्र पदमा बहाल रहेका छन् ।
