काठमाडौं। नेपाल सरकार र स्वीटजरलाण्ड सरकारबीच पदर्मागमा आधारित पर्यटन विकास परियोजना शुरु गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरबार स्थिति अर्थ मन्त्रालयमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र नेपालका लागि स्वीटजरलाण्ड राजदुत डेनियल मेउलीले उक्त सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौता कार्यक्रममा बोल्दै सहसचिव कृष्ण नेपाले यो परियोजनाले कोशी प्रदेशका आकर्षक पदमार्गहरूको स्तरोन्नति गरी स्थानीय आर्थिक विकास र दिगो पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ सम्झौता गरिएको बताए । उनले आयोजना आगामी चार वर्षमा स्वीटजरल्याण्ड सरकारको ९.०१ मिलियन डलर अनुदान सहयोगमा सञ्चालन हुने बताए।