काठमाडौं। स्युचाटार–मातातीर्थ १३२ केभी प्रसारण लाइन स्तरोन्नति गरिँदै छ। नेपाल विद्युत् प्राधिकरणले स्युचाटार सबस्टेशनदेखि मातातीर्थ सबस्टेशनसम्मको १३२ केभी प्रसारण लाइन स्तरोन्नति गर्ने भएको हो।
प्रसारण लाइनमा रहेको पुरानो कन्डक्टर (तार) हटाएर नयाँ जडान गर्न लागेको प्राधिकरणले जनाएको छ।
प्रसारणलाई स्तरोन्नति कार्यका लागि सो प्रसारण लाइन तथा सबस्टेशनबाट विद्युत् प्रसाणर हुँदै आएका ५ वटा फिडरको आपूर्ति दैनिक ६ घण्टाका दरले जेठ ४ गतेसम्म (७ दिन) अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार हसनटार, खड्का गाँउ र थानकोट फिडर अन्तर्गत वैशाख २९ गतेखि ३१ गतेसम्म विद्युत् अवरूद्ध रहने छ भने जेठ १ देखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा विद्युत् अवरूद्ध रहने जानकारी दिइएको छ।