काठमाडौं। नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल लाइसेन्सको नयाँ अनुमति पाएको छ। टेलिकमले शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणलाई २१ करोड रुपैयाँ बराबरको दस्तुर तिरेर पाँच वर्षे अनुमति पाएको हो।
प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ५ वर्षे अवधिको नयाँ लाइसेन्स दिने निर्णय गरेको छ। योसँगै नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स पुनः प्राप्त गरेको हो।
नेपाल टेलिकमले २९ वैशाख २०५६ मा २५ वर्षे अवधिको लाइसेन्स पाएको थियो। सो लाइसेन्सको अवधि शुक्रबार सकिँदै थियो।
यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल टेलिकमलाई अनुमति पत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।