काठमाडौं। युनाइटेड इदी मर्दी एण्ड आरविवि हाइड्रोपावर लिमिटेडको नाफा २ करोड २५ लाख भएको छ। कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै २ करोड २५ लाख नाफा भएको जानकारी गराएको हो।
गत वर्षको सोही अवधिको कम्पनीको नाफा २ करोड ४५ लाख थियो।
गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८ दशमलव ११ प्रतिशतले घाटा भएको देखिएको छ।
चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानी घटेकाले नाफा प्रभावित भएको हो। गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानी रू १३ करोड ७३ लाख रहेकोमा चालू आवमा रू १२ करोड ७३ लाखमा सीमित भएको हो।