काठमाडौं। नेपालमा कसरी कुशल र लागत प्रभावकारी निर्माण प्रक्रियामा डिजिटल प्रविधि प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा सम्मेलन गरिएको छ।
नेपाल विम फोरम र नेपाल जलविद्युत एसोसिएसनले विश्व बैंकको सहयोगमा ‘नेपालमा बीआईएम सम्मेलन २०२४’ शीर्षकमा एकदिने सम्मेलन आयोजना गरेको हो।
सम्मेलनमा समग्र विमको प्रयोगबाट नेपालको जलविद्युत क्षेत्रमा कसरी प्रयोगमा ल्याउन सकिन्छ र कसरी फाइदा लिन सकिन्छ भनेर व्यापक बहस, प्रस्तुतीकरण तथा छलफल भएको छ।
डिजिटल प्रविधिको प्रयोग गर्न मुख्यतः माइन्डसेटमा परिवर्तन ल्याउन जरुरी देखिएको विज्ञ सुनिल सुवालले बताए । डिजिटल प्रविधि प्रयोग गरि लाइडर सर्भे, भवन निर्माणको डिजाइनमा विमको प्रयोग नेपालमा समेत भइरहेको नेपाल विम फोरम तथा विम सम्बन्धी कार्य गर्ने परामर्शदाताले प्रस्तुतीकरणमार्फत जानकारी गराए।
सम्मेलनमा अपर अरुण जलविद्युत योजनाको योजना प्रमुख, परामर्शदाता ट्ररयाक्टेल कम्पनी, नेपाल विम फोरमका अध्यक्ष, सल्लाहकार, निर्माण व्यवसाय महासंघका प्रतिनिधि, अन्तर्राष्ट्रिय स्तरका विम विज्ञहरूले समेत प्रस्तुतीकरण तथा मन्तव्य राखेका थिए ।