काठमाडौं। जेठको लागि बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.१४ प्रतिशत ब्याज प्रस्ताव गरिरहेका बैंकहरूले वैशाखको लागि औसत ७.०६ प्रतिशत दिने भएका हुन्। बैंकरूमा बढ्दो निक्षेप र घट्दो कर्जा लगानीको कारण ब्याजदरहरू समायोजन भइरहेका छन्।
जेठको लागि तीन बैंकले भने ब्याजदर सामान्य बढाएका छन्। ब्याजदर बढाउनेमा एनआइसी एशिया, प्रभु र ग्लोबल आइएमइ बैंक छन्। एनआइसी एशिया बैंकको ७.७५ प्रतिशतबाट बढेर ब्याजदर ७.८ पुगेको छ। प्रभु र ग्लोबल आइएमइ बैंक दुवैले ७ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्याएका छन्।
अहिले सबैभन्दा धेरै ब्याज एनएमबी बैंक र एनआइसी एशिया बैंकबाट पाइने भएको छ। यी दुवै बैंकले अधिकतम ७.८ प्रतिशतसम्म ब्याजदर दिने भएका छन्। हालसम्म सूचना उपलब्ध १९ वाणिज्य बैंकमा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा कम ब्याजदर दिने भएको छ।
बैंकले सबैभन्दा कम ६.४ प्रतिशत ब्याजदर दिने भएको हो। निक्षेपको ब्याजदर घट्दै जाँदा कर्जाको व्याजदर थप घट्ने देखिन्छ।