फाइल तस्बिर
नवलपरासी। नारायणी नदीको नवलपरासी क्षेत्रमा तटबन्ध गर्ने काम भइरहेको छ। नदीले कटान गर्नसक्ने सम्भावित क्षेत्रमा आवश्यकताअनुसार ग्याबिन तार जाली लगाउने, ठूला ढुङ्ग किनारमा हाल्ने, कङ्क्रिटका ब्लकसहित ड्याम बनाउनेलगायत काम भइरहेको हो।
एक अर्ब ३९ करोड रुपैयाँ लागतमा जिल्लाको विभिन्न खण्डमा नदी व्यवस्थापनका लागि तटबन्धको काम भइरहेको नारायणी नदी व्यवस्थापन आयोजना कार्यालय भरतपुरले जनाएको छ।
नवलपरासी पूर्व नवलपुरको गैँडाकोट खण्डमा ठूलो लागतमा कङ्क्रिटको ब्लक राख्ने, नदीजन्य पदार्थबाट ड्याम लगाउने काम भइरहेको कार्यालयले जनाएको छ।