काठमाडौं । धितोपत्र बोर्डले सेयर कारोबारमा लिइँदै आएको ब्रोकर कमिसन घटाएको छ। बाेर्डले आजदेखि लागू हुनेगरी १० प्रतिशतले ब्रोकर कमिसन घटाएको हाे।
अब संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँ सम्मको कारोवारमा ०.३६ कमिशन लाग्ने छ ।
यस्तै ५० हजार भन्दा माथि ५ लाखसम्मको कारोवारमा ०.३३ प्रतिशत कमिशन लाग्ने छ । ५ लाखदेखि २० लाखसम्मको कारोवारमा ०.३१ प्रतिशत कमिशन लाग्ने छ ।
२० लाखदेखि १ करोडसम्मको कारोवारमा ०.२७ प्रतिशत कमिशन लाग्ने छ । १ करोडभन्दा माथि जतिसुकैको कारोवारमा ०.२४ प्रतिशत कमिशन लाग्ने छ ।