काठमाडौं। अरनिको राजमार्गअन्तर्गत बानेश्वर–बबरमहल सडकमा फल्चा शैलीको बस बिसौनी निर्माण गरिएको छ। फल्चा शैलीमा निर्माण गरिएका दुई वटा बस बिसौनी आजदेखि सञ्चालनमा ल्याइएको हो।
नेवारी समुदायको संस्कृतिसँग जोडिएको फल्चा शैलीमा बनेका दुवै बस बिसौनी ६२ लाख रुपैयाँमा बनेको काठमाडौं महानगरपालिकाले जनाएको छ । बस बिसौनीमा परम्परागत निर्माण सामग्री प्रयोग गरेर परम्परागत शैलीमै बनाइएको छ।
नमुना फल्चा बस बिसौनी निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको बताइएको छ । बस्नका लागि काठकै मेच राखिएको र बिसौनीभित्र उज्यालोका लागि बत्ती समेत जडान गरिएको महानगरले जनाएको छ।