काठमाडौं। ७५० मेगावाट क्षमताको पश्चिम सेती परियोजनाको विद्युत् प्रसारणका लागि भारतको एनएचपीसी र प्रसारण ग्रिड कम्पनीबीच सम्झौता भएको छ।
एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्याय र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्रप्रसाद ज्ञवालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
एनएचपीसीले कर्णाली करिडोरमा ७५० मेगावाटको पश्चिम सेतीसहित १ हजार ६ सय ८० मेगावाट क्षमताका आयोजना बनाउँदै छ। अब प्रसारण गिञ्ड कम्पनीले बनाउने प्रसारण लाइन एनएचपीसीले प्रयोग गर्न पाउने छ ।
सेती करिडोर ट्रान्समिसन लाइनमा पश्चिम सेतीको बिजुली जोडिने छ ।
प्रसारण ग्रीड कम्पनी नेपाल सरकारको लगानी भएको कम्पनी हो भने एनएचपीसी भारत सरकारको लगानीको कम्पनी हो ।