सिरहा। सिरहामा बम पडकाएर चार घरमा लुटपाट भएको छ। लहान नगरपालिका–१७ हरिपुरमा गएराति राति करिब पौने १२ बजे सुतली बम पडकाएर लुटपाट गरिएको हो।
इलाका प्रहरी कार्यालय, लहानका अनुसार लुटेराहरूले लुटपाट गर्दा प्रतिकार गर्ने क्रममा ६ जना घाइते भएका छन्। घाइते हुनेमा जिवी ठाकुर, निरसीदेवी ठाकुर, निरञ्जन यादव, देवनारायण साह, मनिलाल यादव र योगेन्द्रलाल यादव रहेको प्रहरीले जनाएको छ।
लुटपाट भएको ठाउँमा सुतली बमको कणहरू देखिएको छ। लुटेराहरूले गरगहना, पैसा गरी करिब ५ लाख बराबरको लुटपाट गरेको प्रहरीको भनाइ छ।
यस सम्बन्धमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय, लहानले जनाएको छ।