काठमाडौं। सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
कार्यक्रममा सरकारले मध्यपहाडी लोकमार्गलाई समृद्धि करिडोरको रुपमा विकास गर्ने घोषणा गरेको छ।
समृद्धि करिडोरमा विकास गर्न विद्युत, सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत पूर्वाधार विकास गर्ने घोषणा सरकारले गरेको हो ।
जसका माध्यमबाट उत्पादन, उपादकत्व, उत्पादनशीलता रोजगारी सिर्जना गर्ने उल्लेख छ।
यस्तै कोशी, गण्डकी र कर्णाली करिडोरका अधिकांश खण्डमा १२ महिना यातायात सञ्चालन हुने गरी निमार्णलाई तीव्रता दिने घोषणा सरकारले गरेको छ ।