काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले निर्माण व्यवसायीलाई एक खर्बभन्दा बढी भुक्तानी दिन बाँकी रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले खरिद नियमावलीको १३औं संशोधन मार्फत म्याद थप भएका २ हजार बढी आयोजनाको १ खर्बभन्दा बढी भुक्तानी बाँकी रहेको बताएका हुन्।
उनले सरकारले ५ खर्बको योजनाको स्रोत सुनिश्चितता दिएको तर व्यवस्थापन नभएको ५८५ अर्ब लागतको आयोजना ठेक्का लगाएको बताए।
स्रोत सुनिश्चितता नभएका आयोजनाका लागि स्रोतको व्यवस्थापन वा खारेज गर्न अध्यक्ष सिंहले सरकारलाई सुझाव समेत दिएका छन्।