काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लिलामीमा विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले मंगलबार १९ लाख ९२ हजार १३४ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँड गरेको हो।
कम्पनीले वैशाख १० गतेदेखि २४ गतेसम्म लिलामीमा विक्री गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र वैशाख २७ गते खोलेको थियो।
शेयर बाँडफाँटको अन्तिम मूल्य प्रतिशेयर १४३ रुपैयाँ ५० पैसा कायम भएको छ । उक्त मूल्यमा बोलपत्र पेस गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रूपमा बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।