काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र बसोबास गर्नेहरूका लागि निःशुल्क कानुनी सहायता उपलब्ध गराउने भएको छ ।
विपद्मा परेका, कानुनी सेवाको अपेक्षी जस्ता आर्थिक, सामाजिक वा अन्य कारणले नेपालको संविधान तथा प्रचलित कानुन प्रदत्त आफ्नो हक अधिकारको प्रचलनका लागि न्यायिक उपचार प्राप्त गर्नबाट वञ्चित महानगरवासीहरूलाई निःशुल्क कानुनी सहायक उपलब्ध गराउन लागिएको महानगरको भनाइ छ ।
त्यसका लागि महानगरपालिकाले इच्छुक कानुनी सेवा प्रदान गर्ने सङ्घ।संस्था, कम्पनी, फर्म वा कानुन व्यवसायीहरूलाई सम्पर्क सूचनामार्फत अनुरोध गरेको छ। इच्छुक सङ्घरसंस्था, कम्पनी, फर्म वा कानुन व्यवसायीहरूले १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।
