काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ।
इप्पानको २२ औं साधारणसभाबाट दुवै कोष स्थापनाको निर्णय पारित भएसँगै औपचारिक रुपमा दुवै कोष स्थापना भएको हो।
खोज र अनुसन्धानमूलक कार्यद्धारा इप्पानलाई थिंक ट्यांकको रुपमा विकास गर्न तथा आफ्नै भवनबाट इप्पानका गतिविधि सञ्चालन गर्ने उद्देश्यले कोष स्थापना गरेको इप्पानले जनाएको छ।