काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन्। शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले जेठको ७ गते आफूले चौथो पटक विश्वासको मत लिन लागेको उल्लेख गर्दै जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुने जिकिर गरे। उनले विश्वासको मत आउँदैन की भन्ने चिन्ता नगर्न आग्रह समेत गरे।