काठमाडौं। अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आज विशेष साधारण सभा गर्ने भएको छ। सभा कुण्डलिनी दरबार ब्याक्वेट, चप्पल कारखाना चोक, काठमाडौंमा बिहान १० बजे शुरु गर्ने भएको हो।
सभाले दोभान खोला जलविद्युत आयोजनाको अनुमति पत्र हस्तान्तरण गर्ने र अख्यितारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।