काठमाडाैं। नेपाल निर्माण व्यवसायी महासंघ एशोसिएट सदस्य समन्वय समितिको १२औं साधारण भेला जेठ २६ गते हुने भएको छ।
समितिले आज एक सूचना जारी गर्दै समितिको १२ औं साधारण भेला जेठ २६ गते स्मार्ट प्यालेस चाबहिल–चुच्चेपाटीमा हुने जानकारी दिएको हो।
महासंघका उपाध्यक्ष तथा एशोसिएट सदस्य समन्वय समितिका संयोजक रामजी पन्त (मुकेश) ले जारी गरेको सूचनामा भेलामा सहभागी हुने एशोसिएट सदस्यहरुलाई जेठ २३ गतेभित्र रजिस्टेसन दस्तुर बुझाउन समेत आग्रह गरिएको छ।
