सुर्खेत। अर्थमन्त्री जनार्दन शर्माले परम्परागत ठेक्का प्रथाबाट देश विकास सम्भव नहुने बताएका छन्। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले देश विकासका लागि नयाँ मोडालिटीमा जानुपर्ने आवश्यकता औंल्याएका हुन्।
उनले विकास निर्माणको परम्परागत मोडालिटी अपर्याप्त भएकोले सामुदायिक विकासको मोडालिटी अपनाउनुपर्नेमा जानुपर्नेमा जोड दिएका छन्।
उनले भने ‘अहिलेको ठेक्का प्रथाबाट देशको विकास सम्भव छैन। समुदायमार्फत विकास गर्ने मोडालिटीमा जानुपर्छ। सरकारले समुदायलाई पैसा दिने, सरकारले अनुगमन र अडिट गर्ने मोडालिटीमा गयो भने तीव्र गतिमा विकास हुन्छ । यसबारे बहस सुरु गरेको छु ।’
निश्चित मोडालिटी र मापदण्ड बनाएर हरेक वडा र पालिकाका समुदायलाई पैसा दिने र उनीहरुको सहभागितामा विकास गर्ने मोडालिटीबाट विकासको रफ्तारले तीव्रता पाउने विश्वास उनले व्यक्त गरे।