सङ्खुवासभा। चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला हुने भएको छ। कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि बन्द गरेको किमाथाङ्का नाका साढे चार वर्षपछि जेठ १२ गतेदेखि खुल्ने भएको हो।
नाका खुलेपछि चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका भोटखोलाबासीलाई सहज हुने भएको छ । विराटनगरको रानी भन्सार नाका हुँदै सङ्खुवासभाको किमाथाङ्कासम्म पुग्ने बाटोलाई चीन–भारत जोड्ने छोटो मार्गका रुपमा लिइन्छ ।