काठमाडौं। बुद्धभूमि हाइड्रोपावरले हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको छ। विद्युत् नियमन आयोग समक्ष गत वैशाख २० गते सेयर निष्कासनको स्वीकृतिका लागि कागजात पेस गरेको कम्पनीले स्वीकृति पाएको हो।
हकप्रद सेयरको निष्कासनको प्रस्ताव साधारण सभामा पेस गर्न आयोगले सोमबार सहमति प्रदान गरेको हो।
कम्पनीले चुक्ता पुँजीको १ सय ५० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति मागेकोमा आयोगले ११ हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभामा पेस गर्न आयोगले अनुमति दिएको छ।
बुद्धभूमि हाइड्रोपावर कम्पनी ४.९९३ मेगावाट क्षमताको तल्लो तादी खोला जलविद्युत् आयोजनाको प्रवर्धक हो।