अछाम। अछाम जिल्लाको मङ्गलसेन नगरपालिकामा विपन्न, एकल महिला र दलित समुदायलाई विद्युतीय चुलो वितरण गरिने भएको छ। नगरपालिकाले विद्युत्को पहुँच पुगेको स्थानमा चुलो, प्रेसर कुकर र कराही वितरण गर्ने भएको हो।
पालिकाका अनुसार ८ हजार ५ सय रुपैयाँ पर्ने उक्त सामग्रीलाई सम्बन्धित व्यक्तिले ४ हजार ५ सय नगरपालिकालाई राजस्व बुझाउनुपर्ने छ। पालिकाले विद्युतीय चुलोका लागि आवेदन माग गरेको छ । उक्त सामग्री लिनको लागि नगरपालिकामा आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रक प्रतिलिपि, स्थायी बसोबास भएको प्रमाण खुल्ने कागजात र राजस्व तिरेको रसिदसहित पालिकामा निवेदन पेस गर्नुपर्ने बताइएको छ।