सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुसार परियोजना तर्जुमा गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन्। मंगलबार आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलनका क्रममा निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा मुख्यमन्त्री कँडेलले यस्ता आग्रह गरेका हुन्।
उनले प्रदेश सरकारको क्षमताका आधारमा निजी क्षेत्रले विकास निर्माणको परियोजना अगाडि बढाउनुपर्ने बताए। कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी नै न्यून भएकाले सबैका सबै अपेक्षा पूरा हुन नसक्ने उनको भनाइ छ।
क्षेत्र र भूमिका हिसाबले फरक भए पनि हामी सबैको गन्तव्य कर्णाली बनाउने हो भन्दै उनले निजी क्षेत्रले दिएको राय सुझाव प्रदेश सरकारको आगामी नीतिमा समावेश गरिने बताए।