काठमाडौ। नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २५ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा काठमाण्डौको धुम्बाराहीमा रहेको होटल अकामामा दिउँसो २ बजेदेखि शुरु हुनेछ । सभाले चुक्तापूँजी र जारी पूँजी बढाउने प्रस्ताव पारित गर्ने छ ।