काठमाडौं। प्रभु बैंकसँग पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रालि र किंग्स लाउन्ज पोखराबीच ग्राहकलाई विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ।
सम्झौतामा होटल सरोवरका मुख्य प्रबन्धक प्रतीक पहारी, किंग्स लाउन्जका सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंकका प्रदेश अधिकृत गण्डकी प्रदेश प्रमुख राजु रानामगरले हस्ताक्षर गरे।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा तिनका परिवारले होटल सरोवरमा उपलब्ध आवास, खाना, मनोरञ्जन, सभाहल, पौडीलगायतका सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्। यस्तै, किंग्स लाउन्ज पोखरामा उपलब्ध खाना, खाजा, तथा मनोरञ्जन सुविधामा विषेश छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।