बाँके। बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा कुखुरा खोरको पर्खाल खस्दा २०० बढी कुखुरा मरेका छन् । सोमबार साँझ आएको हावाहुरीका कारण कुखुरा फार्मको पर्खाल खसेर क्षति भएको हो।
कुखुरा मर्नुका साथै ग्यारेज, खोर तथा दाना मिल, बिद्युत तथा सिसिक्यामेरा र होर्डिङ बोर्डमा समेत ठुलो क्षति पुगेको कुखुरा विकास फार्म सञ्चालकको भनाइ छ।
हावाहुरीले फार्मको ग्यारेजमाथि आँपको रुख ढल्दा ग्यारेजको छत तथा भित्तामा अधिकतम क्षति पुगेको छ । सो ग्यारेजमा पार्किङ गरिएका भे १ च १७०७ र भे १ च ६४३ नम्बरको मोटरसाइकल तथा भे १ प १७२३ नम्बरको स्कुटरमा समेत क्षति पुगेको कुखुरा विकास फार्मले जनाएको छ ।