पाल्पा। श्रीनगरको सौन्दर्यीकरणका लागि तानसेन नगरपालिकाले बनाएको संरचना डिभिजन वन कार्यालय पाल्पाले भत्काएको छ। नगरपालिकाले श्रीनगरमा निर्माण गर्न थालेको शौचालय वन कार्यालयले भत्काएको हो।
डिभिजन वन कार्यालयको स्वामित्वमा रहेको श्रीनगर वन तानसेन नगरपालिकाले हस्तक्षेप गर्न खोजेको भन्दै भत्काएको कार्यालयले जनाएको छ।
यता श्रीनगरमा आउने पर्यटकलाई शौचालयको आवश्यकताको महसुस गरी तानसेन नगरपालिकाले शौचालय निर्माण गर्न थालेको नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ बताउँछन्।