काठमाडौं। प्रतिनिधि सभा सदस्य डा.आरजु देउवा राणाले दिगो विकासको लक्ष्य पूरा गर्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताएकी छन्।
बुधबारदेखि सुरु भएको ‘हिमाल, मानव र जलवायु परिवर्तन विशेषज्ञको अन्तर्राष्ट्रिय संवाद’को दोस्रो दिनको ‘जलवायु न्याय, समानता र स्थानीय आवाजस् लिङ्ग र युवा’ विषयक सत्रमा राणाले यस्तो बताएकी हुन्।
उनले दिगो विकासको सम्बन्धमा संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको प्रतिवेदन हेर्दा दिगो विकासको लक्ष्य सन्तोषजनक नरहेको समेत बताएकी छन्।
जलवायुले ल्याएको चुनौती पहिल्याएर उनीहरूको क्षमता बढाउनुपर्ने उनको भनाइ छ । जलवायु परिवर्तनसम्बन्धी नीति कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा समेत राणाले जोड दिएकी छन्।