काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले इन्धन भर्न बस्ने नोजल ब्वाइले सुरक्षाका लागि खैरो रङ्गको व्यक्तिगत सुरक्षा पोसाक।सामग्री (पिपिई) लगाउने प्रतिबद्धता कार्यान्वयनको चरणमा रहेको जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालबाट यस्तो जानकारी दिएका हुन्।
उनले भाडाका सवारीसाधन चालक तथा सहचालकले आफूखुसी रूपमा नोजल समाउने र इन्धन भर्ने काममा प्रतिबन्ध लगाइएको पनि जानकारी दिए।
‘इन्धन भर्न बस्ने नोजल ब्वाइले सुरक्षाका लागि (पिपिई) लगाउने प्रतिबद्धता कार्यान्वयनको चरणमा छ,’ उनले उल्लेख गरेका छन्।