ताप्लेजुङ। १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजना निर्माणका लागि शिलान्यास गरिएको छ। ताप्लेजुङको मेवा खोला र तमोर नदीको पानीको उपयोग गरी निर्माण गर्न लागिएको आयोजनाको तत्कालीन संविधानसभाका सदस्य सञ्चपाल मादेनले शिलान्यास गरेका हुन्।
आयोजना निर्माणस्थल फुङ्लिङ नगरपालिका–१ तमोर नदी क्षेत्रको दगुर्नेमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य मादेनले विधिवत् शिलान्यास गरेका हुन्।
तमोर–मेवा जलविद्युत आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले शिलान्यास भएसँगै आयोजना निर्माणको चरणमा प्रवेश गरेको बताए।
आगामी २०८५ साल असोजभित्र विद्युत उत्पादन गर्ने गरी निर्माणको कामलाई अघि बढाउने आयोजनाले जनाएको छ।
आयोजनाको कूल लागत भने करिब साढे २४ अर्ब रुपियाँ अनुमान गरिएको प्रवर्द्धक कम्पनीले जनाएको छ।