काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमै गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंको थायमरुस्थित पुनर्निर्माण गरिएको रत्नकेतु महाबिहारको उद्घाटन गर्दै प्रमुख साहले यस्तो बताएका हुन्।
प्रमुख साहले काठमाडौं उपत्यकामा सम्पदाहरूको पुनर्निर्माण गर्दा पुरानो शैलीलाई नै महत्त्व दिएर बनाउनुपर्नेमा जोड दिएका हुन्। उनले पुरानो शैलीमा सम्पदाहरूको पुनर्निर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभई झनै बढेर जाने बताए।
उनले सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने जानकारी दिए। उनले महानगरपालिका भित्रका सम्पदा पुनर्निर्माणका लागि महानगर जहिल्यै सहयोग गर्न तयार रहेको समेत बताए।