काठमाडौं। मिटरब्याज पीडितलाई आफ्नो विवरणसहितको निवेदन फारम भरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गरिएको छ।
मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले सूचना जारी गर्दै पीडितलाई आफ्नो विवरणसहितको निवेदन फारम भरी सम्बन्धित जिप्रकामा बुझाउन आग्रह गरेको हो।
कारोबारका क्रममा ऋण लिने व्यक्ति र ऋण र कर्जा दिने व्यक्तिबिच आपसमा भएको लेनदेनसम्बन्धी विषयहरूको सुरुदेखि हालसम्मको अवस्थाको यथार्थ विवरण खुल्ने गरी फारम भर्न सूचनामा उल्लेख गरिएको छ।
अनुचित लेनदेन कारोबारसम्बन्धी लिखत, भरपाई, टिपोट, शर्तनामा वा सम्झौतालगायत जो भएका लिखतहरूको प्रतिलिपि वा फोटोकपीसमेत साथै राखी २१ दिनभित्र पीडित आफू रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन फारम दर्ता गर्न भनिएको छ।