काठमाडौं। हङकङस्थित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले ६ ट्राभल र ५ कार्गो कम्पनीलाई सम्मान गरेको छ। क्याथे प्यासिफिकले बिहीबार कार्यक्रम गरी सन् २०२३ मा नेपालको आफ्नो व्यापारमा उल्लेख्य सघाउ पुर्याउने ट्राभल तथा कार्गो कम्पनीलाई सम्मान गरेको हो।
सम्मानीत ती कम्पनीले २०२३ मा क्याथेको सबैभन्दा धेरै टिकट बिक्री गरेका थिए। क्याथेले ओशो वर्ल्ड ट्राभल नेपाल, सुमेघ टुर्स एन्ड ट्राभल्स, बोन ट्राभल एन्ड टुर्स, रुपाकोट इन्टरनेसनल ट्राभल र प्रबास ट्राभल एन्ड टुर्सलाई सम्मान गरेको हो ।
त्यसैगरी भारत हुँदै उत्कृष्ट आम्दानी गराउन सफल सेभेन स्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्सलाई पनि सम्मान गरिएको छ।
त्यसैगरी कार्गोतर्फ पायोनियर कार्गो, हिमालयन ट्राभल एन्ड टुर्स, सांग्रिला इन्टरनेसनल फ्रेट, लिजेन्ड कार्गो र मुक्तिनाथ डे कार्गो सम्मानित भए ।